स्क्रब टाइफस सम्बन्धी १५ दिने अभियान समापन

जिल्ला जनस्वास्थ्य कार्यलय चितवन र संञ्जीवनी फाउण्डेसन नेपाल संयुक्त रुपमा जिल्ला बयापि अभियानको भब्याको साथ समापन भएको छ । अभियानकै रुपमा चलाइएको यस कार्यक्रममा चितवनको नारायणी नगरपालिका, चित्रवन नगरपालिका , कालिका नगरपालिका, खैरेहानी नगरपालिका र भरतपुर उप महानगरपालिकाको सबै वडा, विद्यालय र स्वास्थ्य संस्था गई स्क्रब टाइफसको बारे जानकारी गराइयो थियो । उक्त अभियानमा ९५ वटा विद्यालयका करिब ७०,००० विद्यार्थीहरु र स्थानीय स्तरको करिब २०,००० मानिसमा स्क्रब टाइफसबारे प्रत्यक्ष रुपमा संञ्जीवनी फाउण्डेसन नेपालका ५० जना सदस्यहरुले नि स्वार्थ भावले यस अभियान सफल पारेका यस संस्थाका अध्यक्ष माधव खनालले बताउनुभयो ।
उतm कार्यक्रमको प्रतिवेदन दिने क्रममा, महान अभियान सफल पार्न महत्व भुमिका खेलेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यलयका किटजन्य रोग नियन्त्रक राम कुमार के.सीले बताउनुभयो । जिल्ला जनस्वस्थ्य कार्यलयले स्क्रब टाइफस बिरुद्दको कार्यक्रम विद्यालय, समुदाय र स्वास्थ्य संस्थामा एकै पटक जिल्ला भरिनै गर्न सफल भएको भन्दै धन्यबाद प्रकट गर्यो । उक्त कार्यक्रमबाट प्रभावित भइ आँउदा दिनहरुमा पनि समाजमा केही योग्दान गर्न उत्साहित गर्नको लागि टाइमस् फार्मासिटिकलस्ले ५० जना सदस्यहरुाई टि सर्ट प्रदान गर्ने बताएको यस अभियानका संयोजक कृष्ण गारु बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *