विश्व स्तनपान सप्ताहा समापन कार्यक्रम
“दिगो विकासका लागी स्तनपान” भन्ने मूल नाराका साथ स्तपान सप्ताहाको संञ्जीवनी फाउण्डेसन नेपाल र चितवन मेडिकल कलेजले संयुतm रुपमा विभिन्न कार्यक्रम गरी समापन गरिएका छ । पचास जना भन्दा बदी स्तनपान र सुत्केरी महिलाहरुलाई स्तनपानको महत्व र पोषणको सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरीएको थियो । चितवन भ.उ.मा.न.पा नारायणपुरमा भएको उक्त कार्यक्रममा बोल्दै स्कूल अफ पब्लीक हेल्थका प्रा.डा. मुनीराज क्षेत्रीले “ आमाको दुध अमृत समान छ” बताउनुभएको थियो । संञ्जीवनी फाउण्डेसन नेपालका कार्यक्रममा सदस्यहरु श्रीजना बनमाली, उपसना खड्का, उन्नता तिमलसिना, रविना दाहाल, विवेक के.सी., दिल्ली बा. ओली, सपना देवकोटा, आदीले पोषण अवस्थाको मापन गरी नगर स्वास्थ्य केन्द्रका प्रमुखलाई तथ्यांक बुझाइएको थियो । उक्त कार्यक्रमको सभापतित्व दिपक कलौनीले र सञ्चालन चन्दन सुवेदीले गर्नुभएको थियो ।